काठमाडौं : पेट्रोलको मूल्य फेरि बढेको छ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य मङ्गलबार बढाएको हो।

यसअघि असार १० गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो। अहिले निगमले प्रतिलिटर २ रुपैयाँ बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ।
यस्तै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले बढेर १४ सय २५ रुपैयाँ भएको छ। डिजेल र मटितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ।

