काठमाडौं : पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाए पनि छलफल हुन सकेन।

नेता नेपाल बुढानीलकण्ठ नपुगेका कारण तीन पूर्वप्रधानमन्त्रीहरूबीचको छलफल हुन नसकेको हो।
नेता नेपाल नपुगेपछि छलफलको वातावरण नभएकाले प्रचण्ड आधा घण्टा जति बसेर फर्किएका थिए।
‘निर्वाचन आयोगले निकालेको कार्य तालिका र सर्वोच्च अदतलालमा संसद् पुर्न स्थापना सम्बन्धी बहस हिजै सकिएकाले त्यसबारेमा छलफल गर्न तीन प्रधानमन्त्रीको बैठक बस्ने कुरा थियो तर माधव नेपालको उपस्थिति नभएपछि सो छलफल भएन’, गठबन्धन निकट स्रोतले भन्यो ।
सोमबार मात्रै एमालेको विवाद समाधानका लागि बनेको कार्यदल ब्युँतिएर एकताका निम्ति छलफलको सिलसिला आरम्भ भएको छ। यसको प्रभावले नेता नेपाल देउवाले आह्वान गरेको बैठकमा नगएका हुन भने विपक्षी गठबन्धन अफ्ट्यारोमा पर्ने देखिन्छ।

