बर्दिया  : बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

उक्त आक्रमणबाट भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनको शव स्थानीय सम्झना सामुदायिक वनमा भेटिएको हो।

घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका खत्रीमाथि बाघले आक्रमण गरेको थियो । खत्रीको शव सोमबार दिउँसो ११ बजे फेला परेको भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन थापा मगरले बताए ।

यससँगै चालू आर्थिक वर्षमा बर्दियामा बाघको आक्रमणबाट १२ जनाको ज्यान गएको बताइएको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *