काठमाडाैं : निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।आयोगले सोमबार विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म दल दर्ताको समय दिएको हो ।

सरकारले संसद् विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।

कात्तिक २६ गते हुने प्रत्यक्ष निर्वाचनका लागि असोज २० गते उम्मेदवार मनाेनयनकाे कार्यक्रम रहेकाे छ भने  मंसिर ४ गते हुने निर्वाचनका लागि असोज ३१ मा उम्मेदवार मनाेनयनकाे कार्यक्रम रहेकाे छ । आयोगले अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन गर्ने जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *