जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जनकपुरमा प्रर्दशन भएको छ । आइतबार युवा संघ नेपाल धनुषा कमिटीको आयोजनमा प्रर्दशन भएको हो ।

जनकपुर रेलवे स्टेसनबाट सुरु भएको प्रर्दशन भानुचोक हुँदै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रर्दशनमा सहभागीहरूले प्रधानमन्त्रीको समर्थनमा नाराबाजी गरेका थिए ।

उनीहरूले विपक्षी गठबन्धनका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड), जसपाका अध्यक्ष उपेन्द्र यादव, माधवकुमार नेपाल लगायतको विरुद्धमा नारा लगाउँदै पुतलासमेत जलाएका थिए ।

प्रर्दशनकारीहरूले ओलीको समर्थनमा ‘केपी बा आइ लभ यु’, ‘अघि बढ केपी बा हामी तपाईंको साथमा छौँ’, ‘राष्ट्रघातीलाई तह लगाऔँ’ जस्ता नारा लगाएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *