कञ्चनपुर भिमदत्त नगरपालिका-५ बनखेतबाट करिब २३ ग्राम ३५ मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ र १ थान तौल गर्ने डिजिटल काँटासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका-९ ब्रम्हदेव बस्ने १९ वर्षीय मोहन पन्त र सोही नगरपालिका-६ ऐठपुर बस्ने २८ वर्षीय राम बहादुर साउद रहेका छन् ।

म.२ प ९८६६ नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेलापारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका(१६ बस्ने ५० वर्षीय मईतु राम डगौरालाई ५ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *