काठमाडौं उपत्यका भित्र साना सिट क्षमता भएका सवारीलाई पनि चल्न दिने तयारी भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको बैठक मार्फत निषेधाज्ञा जारी भएका अन्य क्षेत्रलाई पनि आंशिक  रूपमा खोल्न दिइने भएको हो ।

यस अघिको बैठकले २५ सिट क्षमता भएका सार्वजनिक सवारीलाई मात्रै चल्न दिने निर्णय भएको थियो ।

निषेधाज्ञा बारे निर्णय गर्न र अन्य आवश्यक क्षेत्र खुलाउन आइतबार चार बजे उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ ।

जस अनुसार माइक्रोबस र ट्याम्पुलाई पनि जोर बिजोर गरी सञ्चालन गर्न दिइने तयारी छ । काठमाडौं उपत्यकामा बैशाख १६ देखि जारी भएको निषेधाज्ञा हालसम्म कायम नै छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *