काठमाडौं उपत्यकामा असार मसान्तसम्म निषेधाज्ञा थप गरेको छ भने निषेधाज्ञालाई अझ थप खुकुलो बनाइएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको यातायातमा जोरबिजोर प्रणालीलाई खारेज गरेको छ । त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन सञ्चालन गर्न मात्र अनुमति दिइएको थियो। तर अब सबै प्रकारका माइक्रो, टेम्पो लगायतका सार्वजनिक सवारीसमेत चल्न पाउनेछन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सञ्चालनको अनुमति दिइएको उल्लेख छ।

त्यस्तै, शैक्षिक संस्थामा एउटा कक्षाकोठामा २५ जनाभन्दा बढी नहुने गरी परीक्षा संचालनको पनि अनुमति दिइएको छ।

तर सभा सम्मेलन, सिनेमा, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, पुस्तकालय, संग्रहालय, चिडियाखाना लगायत क्षेत्र भने अझै बन्द रहनेछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *