gold

साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। सुन आज २ सयले बढेको हो।

गत हप्ता आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो। मंगलबार तोलामा एक सयले घटेको थियो। बुधबार ६ सयले घटेको थियो भने बिहीबार ८ सयले बढेको थियो। शुक्रबार ५ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ। चाँदी आज एक हजार ३२५ मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *