विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ६९ हजार नौ सय २४ जना नयाँ संक्रमित थपिएका छन । यससँगै सङ्क्रमित सङ्ख्या १८ करोड ४२ लाख नौ हजार पाँच सय ६५ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड १६ लाख ३० हजार आठ सय १५ जना जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ७७ हजार आठ सय १५ जनाको अववस्था चिन्ताजनक छ ।
पछिल्लो २४ घण्टामा विश्वभर छ हजार सात सय आठ जना सङ्क्रमितको मृत्यु भयो । विश्वभर हालसम्म कोरोनाका कारण ३९ लाख ८६ हजार पाँच सय ९८ जनाको मृत्यु भइसकेको छ ।

