काठमाडौं : विपक्षी गठबन्धनका युवा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लागाएका छन् ।

आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी विद्यार्थी संगठनका वर्तमान र पूर्व नेताहरुले प्रधानमन्त्री ओलीले विदेशी शक्तिको आडमा भाँडभैलो मच्चाएको आरोप लगाए । कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरेले प्रधानमन्त्री ओली श्री ३ भन्दा पनि अंहकारी देखिएको टिप्पणी गरे।

उक्त कार्यक्रममा माओवादी नेता हिमाल शर्माले ओली अन्तराष्ट्रिय अधिनायकबादको गोटी भएको टिप्पणी गरे । एमाले नेतृ रामकुमारी झाँक्रीले राजनीतिक दलहरु चुक्दा पटक पटक प्राप्त उपलब्धि गुमाउनु परेको बताइन् ।

त्यसैगरी नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले अस्पतालमा भेन्टिलेटर र आइसियु खोज्नुपर्ने संकटको बेलामा मतपेटीका खोज्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

प्रधानमन्त्री ओलीको विरुद्धमा अनेरास्ववियुका अध्यक्ष रञ्जित तमाङ र नेविसंघका अध्यक्ष राजीव ढुंगानाले पनि बोलेका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *