[फाइल तस्बिर]

एजेन्सी :
अफ्रिकाबाट युरोपतर्फ प्रस्थान गरेका आप्रावासीहरु चढेको डुङ्गा ट्युनिसिया नजिक दुर्घटना हुँदा ४३ जनाको मृत्यु भएको छ।
लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुङ्गा भुमध्य सागर पार गर्नेक्रममा ट्युनिशियाको जार्जीस नजिक डुबेको हो । १ सय २७ जना आप्रावासी चढेको उक्त डुङ्गा डुब्दा ८४ जनाको उद्धार गरिएको छ ।
मृत्यु हुनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् । डुङ्गामा लिबिया, सुडान, बंगलादेश, इजिप्ट र इरिटियाका नागरिकहरु सवार रहेको बुझिएको छ ।
इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । दुर्घटनाग्रस्त डुङ्गामा क्षमताभन्दा बढी यात्रु सवार रहेका थिए ।

