काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन कार्तिक २७ देखि ३० गतेसम्म हुने भएको छ ।

शनिबार अध्यक्ष पशुपतिशमशेर राणको अध्यक्षतामा बसेको राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकले २७, २८, २९ र ३० कार्तिकसम्म पार्टीको एकता महाधिवेशन काठमाडौंमा गर्ने गरी कार्यतालिका परिमार्जनसहित बैठकले पारित गरेको छ।

विज्ञप्तिअनुसार वडा/गाउँ/नगर/प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गरिनेछ । त्यस्तै सक्रिय सदस्यता वितरण– २०७८ भाद्र मसान्त सम्म, सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने– २०७८ असोज ७ गतेसम्म, प्रदेश सभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरूबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन– २०७८ असोज २० गतेसम्म, प्रदेश कार्य समितिको निर्वाचन– २०७८ असोज १५ गतेसम्म गर्ने कार्यक्रम रहेको छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *