RAIN

काठमाडौं : मनसुनी  वायुको  प्रभाव र तराई भू-भाग नजिक  रहेको मनसुनी न्युन चापीय रेखाका कारण आज प्रदेश १, प्रदेश २, बागमती  र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम बदली रहेको छ। प्रदेश  १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही प्रदेश  १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै  कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *