मुलुकमा प्रजातान्त्रिक समाजवाद स्थापनाको कार्यनीतिसहित ७५ वर्षअघि कांग्रेसको स्थापना भएको हो। यस अवधिमा मुलुकको राजनीतिमात्र होइन, नेपाली कांग्रेसकै यात्रामा पनि निकै आरोहअवरोह आएको छ।

एमालेसहितका अन्य दललाई बहुदलीय प्रतिस्पर्धामा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्ने कांग्रेस सांगठनिक रूपमा भने उनीहरूको नक्कल गर्न पुगेको छ। आफूलाई ‘मास बेस’ पार्टी भन्ने कांग्रेस ०४६ पछि कम्युनिस्ट पार्टीले जस्तै सदस्यता भएकै आधारमा नेतृत्व चयन गर्ने प्रणाली विकास गरेको हो। ‘मास बेस’ पार्टीको छविबाट बिस्तारै विचलित कांग्रेस ‘क्याडर बेस’ पार्टीमा रूपान्तरण हुँदै गएको छ।

१३औं महाधिवेशनमा कायम रहेका क्रियाशील सदस्यको सतप्रतिशत नयाँ सदस्यता बाँडेर कांग्रेसले अहिले ८ लाख ३० हजार क्रियाशील सदस्य पु¥याएको छ। त्यसमै दंग कांग्रेसको संगठनात्मक स्वरूपमा निरन्तर बदलाव आएको छ। आफ्नो पार्टी संगठनलाई नेकपा एमालेसहित अन्य पार्टीले जस्तो क्याडर बेस बनाउन नसकेको कांग्रेसले मास बेस पार्टीको अवधारणालाई पनि आत्मसात् गर्न सकेको छैन। कांग्रेसको सांगठनिक संरचना र सदस्यतालाई लिएर धेरैले भन्न थालेका छन्, ‘यो (कांग्रेस) पार्टी हाँस न कौवाजस्तो भयो।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *