nepal airlines

काठमाडाैं : नेपाल वायुसेवा निगमले चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ ।सरकारको निर्णयअनुसार चीनको राजधानी बेइजिङबाट खोप ल्याउनका लागि यही असार २४ गते वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी भइरहेको बताए । खोप लिएर निगमको जहाज भोलिपल्ट २५ गते काठमाडौँ फर्किनेछ । महाप्रबन्धक पौडेलले भने  “चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको मात्रा तथा उक्त खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन हामीले आफ्नो तयारी थालिसकेका छौँ ।”

जानकारीअनुसार यस उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *