एजेन्सी :
अफगानी सेना र तालिबानहरुबीच भएको भीडन्तमा २३ जनाको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा सो भीडन्त भएको हो । त्यसमा परेर कैयौँ व्यक्ति हराएको खबर छ।

उक्त भीडन्तमा परी अफगानिस्तान तीन जना सेनाका सदस्य पनि मारिएको, बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन् । सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भीडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबानहरू मारिएका तथा घाइते भएका छन् ।

सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा संयुक्त सुरक्षा फौजले हमला गरेको थियो । त्यस क्रममा तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए ।

हमलामा परेर तीनजना अफगान सेना मारिएका र अरु केही घाइते भएका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *