काठमाडौं : सत्तारुढ नेकपा एमालेमा संघीयताको समीक्षा र धर्मनिरपेक्षताको बहसको प्रस्ताव पेस भएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले संघीयता, धर्मनिरपेक्षतासहित ८ वटा प्रस्ताव पेस गरेका छन् । उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मुलुकको विशिष्ट पहिचान घोषणा, प्रधानमन्त्री दुई कार्यकालमात्रै रहने संवैधानिक व्यवस्था, पार्टी अध्यक्ष दुई कार्यकाल र पदाधिकारी तीन कार्यकालको सीमा बनाउन प्रस्ताव गरेका छन् ।

नेता बस्नेतको प्रस्तावबारे केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *