काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बिहीबार साँझ टेलिफोन वार्ता भएको छ ।

शुक्रबारका लागि अध्यक्ष ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव समूहले सहभागी नहुने निर्णय गरेपछि ओलीले नेपाललाई फोन गरेका हुन् ।

बैठकमा सहभागी हुनका लागि ओलीले नेपाललाई फोन गरेर आग्रह गरे पनि नेपालले बैठकमा सहभागिता नजनाउने अडान लिएको, नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

कुराकानीका क्रममा नेपालले ओलीलाई दुईजना भेटेर कुरा गर्ने र कार्यदल बनाएर विवाद समाधानको खोजी गर्ने प्रस्ताव राखेका छन् । वार्ताको अनुकूलताका निम्ति नेपालले ओलीलाई शुक्रबारको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।तर ओलीले बैठक स्थगित भने गरेका छैनन् ।

नेता पाण्डेकाअनुसार ओली र नेपालबीच १५ मिनेट कुराकानी भएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *