नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनका लागि सांसदहरुलाई २ दिनको समय दिएको छ ।

बालुवाटारमा जारी केन्द्रीय समितिको १३औँ बैठकका क्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेतालाई प्रधानमन्त्री बनाउनका लागि आफ्ना सांसदहरु लागेको भन्दै आलोचना गरेका छन् ।

बैठकमा महासचिव ईश्वर पोखरेलले सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने भन्दै २ दिनको समय दिने प्रस्ताव लगेका थिए । सोहीअनुसार अब एमालेबाट निर्वाचित भएर देउवाको पक्षमा अदालतमा गएर हस्ताक्षर गरेका २३ जना सांसदलाई २ दिनको समय दिइएको एक केन्द्रीय समिति सदस्यले बताए ।

देउवाको नेतृत्वमा नयाँ सरकार बनाउनका लागि एमालेको माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक सांसदले आफै उपस्थित भएर र वारेसनामा मार्फत हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *