अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटरसहितको चार थान उद्धार डुङ्गा सहयोगस्वरूप उपलब्ध गराएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका सुरक्षा सहयोग कार्यालयका प्रमुख मेजर माइकल ह्वाइटले सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई ती डुंगाहरू हस्तान्तरण गरेको जनाइएको छ ।
विशेष गरी बाढी तथा डुबानजस्ता विपद्का बेला उद्धार कार्यमा ती डुंगाहरू अत्यन्त उपयोगी हुने सेनाले जनाएको छ।
हाल नेपालमा मनसुनसँगै सुरु भएको वर्षायामबाट उत्पन्न बाढी तथा डुबानले धरै जनधनको क्षति गरेको छ। अब हुन सक्ने त्यस्ता विपत्तिहरूमा उपलब्ध डुङ्गाहरू जनताको जीवनरक्षामा ठूलो सहयोगी हुनेछन्।

