काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंहले बोलाएको केन्द्रीय सदस्यहरुको छलफल स्थगित भएको छ। शुक्रबार बिहानै नेता सिंहले बैठक स्थगित भएको जनाएका हुन्।

‘क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल स्थगित भएको जानकारी गराउँदछु,’ नेता सिंहले प्रेस नोट जारी गर्दै भनेका छन्।

