भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या  तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८६ जना सङ्क्रमित भएका हुन्। अघिल्लो दिनको तुलनामा बिहीबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरुले जनाएका छन्।

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ९९१ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। त्यसैगरी भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९९ हजार ४५९ पुगेको मन्त्रालयले जनाएको छ।

हाल भारतमा पाँच लाख २३ हजार २५७ जना सक्रिय सङ्क्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार ५८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *