कुमारी बैंक लिमिटेड र दृष्टि दि भिजन आइ सेन्टर प्रालिबीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंकका ग्राहकलाई सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता-पत्र अनुसार आइ सेन्टरबाट प्रदान गरिने आँखा उपचारसम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशतसम्म र आँखासम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ । कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।
बैंकले आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधार सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । साथै, आफ्ना ग्राहकलाई सरल, सुलभ र सुरक्षित स्वास्थ्य सेवा प्राप्तिका लागि स्वास्थ्य सेवाप्रदायक संस्थासँगको सहकार्य र सहजीकरणलाई निरन्तरता दिइने जानकारी दिइएको छ ।

