काठमाडौं : राष्ट्रिय सभाको आठौँ अधिवेशन आज बिहीबारदेखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।

अधिवेशन अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सुरु हुँदै छ।
कोभिड–१९ को सङ्क्रमणकै बीचमा आह्वान गरिएको अधिवेशन सञ्चालनका लागि आवश्यक तयारी पूरा भइसकेको,सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे दिएका छन्।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षता बस्ने कार्यव्यवस्था परामर्श समितिले पहिलो दिन यस बर्खे अधिवेशनको बैठकमा पेस हुने कार्यसूची तय गर्नेछ।

