gold

साताको चौथो दिन आज सुनको मूल्य घटेको छ। सुन आज ६ सयले घटेको हो ।

आइतबार २ सयले बढेको सुन सोमबार स्थिर थियो। मंगलबार तोलामा एक सयले घटेको थियो।

गत हप्ता आइतबार ८ सयले घटेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार ६ सयले बढेको थियो। बुधबार सुन ३ सयले घटेको सुन बिहीबार २ सयले घट्यो। शुक्रबार स्थिर थियो।

आज छापावाला सुनको प्रतितोला ९० हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ५५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज १० रुपैंयाँले घटेको छ। चाँदी आज एक हजार २९० मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *