काठमाडौं । सामाजिक सञ्जालमा ‘चिठ्ठा पर्‍यो’ भन्दै ठगी हुने गरेको भन्दै नेपाल बेंकर्स संघले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरुमा चिठ्ठा पर्यो भनेर मेसेज आउने अनि गोप्य विवरण मागेर ठगी हुने गरेको भन्दै यसमा सचेत हुन सर्वसाधारणलाई संघले आग्रह गरेको हो ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन संघले बुधबरा प्रेस विज्ञप्तिथ जारी गर्दै यसमा विशेष सचेत रहन र शंकास्पद सन्देश आए नजिकैको बैंक शाखामा खबर गर्न अनुरोध गरेको छ ।

सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई चिठ्ठा परेको र रकम पठाउनका लागी खाता/व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नम्बर, मोबाइल नम्बर, पासवर्ड प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारीमा आएको संघले जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा सजक रही आˆनो व्यक्तिगत/गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान-प्रदान नगर्न हुन आग्रह गर्दछौं, साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।’ सजगताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्न संघले अनुरोध समेत गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *