नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा फेरि उम्मेदवार बन्ने जनाउँदै तयारीलाई तीव्र बनाइरहँदा संस्थापन इतरका नेताहरू भने ‘लन्च मिटिङ’ मा केन्द्रित बनेका छन्। संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि केही राहतको महसुस गरेको संस्थापन इतरका नेताहरू साझा उम्मेदवार बनाउनुभन्दा आ–आफ्नो शक्ति देखाउन सक्रिय भएका हुन्।

संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिको उम्मेदवार बन्ने बताएका उपसभापति निधिले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितको लन्च मिटिङ आयोजना गरेपछि कांग्रेसमा यो क्रमले बिस्तारै निरन्तरता पाउन थालेको हो। साझा उम्मेदवार बनाउन छलफल र बहसभन्दा संस्थापन इतरका नेताहरूले आ–आफ्नो दाबी र सहयोग माग्दै एकअर्काका घर पुग्न थालेका छन्। पछिल्ला दिनमा विभिन्न गुटगत भेलामा सहभागी हुन कांग्रेस नेताहरूलाई अहिले भ्याइनभ्याइ छ।

निधि, कोइराला र सिंहले १४ औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफल जारी राखेका बेला सोमबार नेत्री सुजाता कोइरालाले नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको लन्च मिटिङ आयोजना गरेकी छन्। आफू पनि सभापतिको आकांक्षी रहेको जनाउँदै उनले पौडेल र सिटौलालाई १४ औं महाधिवेशनमा मिलेर साझा उम्मेदवार तय गर्न सुझाएकी छन्। अन्यथा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सुजाताले उनीहरूसँग सहयोग मागेकी छन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *