मोदनाथ सिलवाल:

काठमांडू: राष्ट्रिय धान दिवस २०७८ को अवसरमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी द्वारा भक्तपुरको नाङ्गखेल, बासघारी स्थित आयोजना गरिएको रोपाइँ विषेश कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको अध्यक्षता किरण पौडेलले गरेका थिए। प्रमुख अतिथि एमालेका नेता एवम् निवर्तमान परराष्ट्रमन्त्री कमरेड प्रदिप ज्ञवाली थिए भने विशेष अतिथि संघका इन्चार्ज कमरेड महेश बस्नेत थिए। कार्यक्रमको संचालन संघका महासचिव रमेश आचार्यले गरेका थिए । संघका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागीता भएको कार्यक्रममा दिपाश्री निरौला,स्वस्तिमा खड्का, कृष्ण कडेलको नेतृत्वमा कल्पना दाहाल, छत्र साहि लगाएको सिंगो इन्द्रेणी टिम, बैकुण्ठ महत, नेपालका महिला रेस्लर भगवती खड्का र अस्मिता सुनार(जुरेली ) लगाएत कलाकारहरुको विषेश उपस्थिति थियो।

