काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनर्स्थापना भएर आफ्नो सरकार बनेपछि पहिलो प्राथमिकता खोप ल्याउने रहेको बताएका छन्। सोमबार विपक्षी गठबन्धनले गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो प्राथमिकता सबैका लागि कोरोना भाइरसविरुद्धको नि:शुल्क खोप दिने दाबी गरेका हुन्।

देउवाले केपी शर्मा ओली सरकार अनियमिततामा फसेको र खोपमा ठूलो चलखेल भएकाले आरोप लगाए। उनले अहिलेको सरकारले सार्वजनिक सुनुवाई बिना गरेका सबै निर्णय खारेज हुनुपर्ने तर्क गरे। ‘अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छ’, उनले भने,‘सुनुवाई हुन नसकेमा सबै नियुक्ति स्वतः खारेज हुने व्यवस्था राखेर भएपनि निर्णय खारेज गर्छौं।’

देउवाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले राष्ट्रपतीय संस्थाको गरिमा र मर्यादा राख्न नसकेको आरोपसमेत लगाए। देउवाले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानका प्रावधान धुजाधुजा बनाएको बताए। देउवाले संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था रहेकाले त्यसका आधारमा आफूले दावी प्रस्तुत गरेपनि प्रतिनिधिसभा विघटन गरिएको बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *