स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ।

नेपालमा आज २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ९०८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ६ लाख ३६ हजार ९१६ जना र एन्टीजेन परीक्षणबाट ३३ हजार ९४१ जना पुगेको छ।

आज २० जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ।

आज ११ हजार ७४८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३३ लाख ३६ हजार ९४६ जनाको पीसीआर र १ लाख ८४ हजार ४३० जनाको एन्टीजेन परीक्षण गरिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *