९ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई सोमबार दिउँसो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-५ वालुवाथान बस्ने २६ वर्षीय विवेक लिम्बु, सोही ठाउँ बस्ने २२ वर्षीय शौरभ राई, इलाम चुलाचुली गाउँपालिका-४ घर भई दमक नगरपालिका-५ बस्ने ३१ वर्षीय विक्रम राई र जेम्स भन्ने ३७ वर्षीय खगेन्द्र साँवा लिम्बु रहेका छन् । दमक नगरपालिका-६ थाना रोडबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित विवेक र शौरभलाई प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागूऔषध विक्रम र खगेन्द्रबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपछि विक्रम र खगेन्द्रको कोठाबाट नगद ५ लाख १४ हजार ३ सय रुपैयाँ बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो ।

साथै ईलाम चुलाचुली गाउँपालिका-४ स्थित उनीहरुको घर तलासी गर्दा बिक्रमको कोठाबाट ५ ग्राम र खगेन्द्रको कोठाबाट २ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *