युवराज बोहरा
काठमाडौं : जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दलित वर्गहरूका विषयमा आवेगले होइन विवेकले सोच्नुपर्ने कुरा बताएका छन्।

समाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले दलितको अवस्था ,त्यसको कारण र समाधानका विषयमा केन्द्रित भएर सोच्न आग्रह गरेका हुन्।

भट्टराईका अनुसार चारै वर्णले पालन गर्नुपर्ने सनातन धर्मअनुसारका ब्रह्मचर्य,सन्यास,गृहस्थ र वानप्रस्थ जस्ता आश्रमको विभेदपूर्ण व्यवस्थाले युगौँदेखि नेपाली समाजमा जरा गाडेको छ।त्यस्तै पृष्ठभूमिमा हाम्रा सोच र संस्कार मात्र होइन, राज्यका अर्थतन्त्र, नीतिनियमआदि पनि विकास हुने गरेका छन्।

उनको विचारमा समाजमा व्याप्त विसङ्गतिका जडहरूलाई उखेलेर देशभित्र नयाँ आयामको खोजी नगरेसम्म दलितहरूको अवस्थालाई माथि उठाउन सम्भव छैन।

भट्टराईले ट्विटरमा उल्लेख गरेका छन् ,”आवेगात्मक ढंगले हैन विवेकसंगत ढंगले सोचौ- देशमा दलितहरूको अवस्था कति तल छ? किन छ?कसरी यसको अन्त्य गर्ने? युगौंदेखिको विभेदपूर्ण वर्णाश्रम व्यवस्था र त्यसैको जगमा बनेको हाम्रा चेतना,संस्कार,अर्थतन्त्र, ऐनकानून र राज्यप्रणाली नबदलेसम्म यसको समाधान होला ? जो होचो उसको मुखमा घोचो नगरौं !”

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *