काठमाडौं : कांग्रेस नेता डा. शेखर कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएको छ।

सभापति देउवा समूहले क्रियाशील सदस्यता वितरणमा अनियमितता गरिरहेको भन्दै त्यसको नियन्त्रणका विषयमा पौडेलसँग छलफल गरेको कोइरालाको सचिवालयले जनाएको छ ।
तर, दुई नेताबीच सभापतिको उमेदवारीको विषयमा पनि छलफल भएको बुझिएको छ । “मूल विषय क्रियाशील सदस्यता वितरणमा भइरहेको अनियमितता नियन्त्रण गर्ने हो, त्यही विषयमा छलफलका लागि डा’साव नियमित भेटघाटनमा जानुभएको हो,” कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने, “आगामी अधिवेशनमा दुवैजना सभापतिको उमेदवार भएको हुँदा स्वाभाविक रूपमा त्यो प्रसंग उठेको हुन सक्छ ।”
उनले भेटको मुल आसय सभापतिमा सहयोग गर्नुस् भन्ने नरहेको बताए ।
“अहिले क्रियाशील सदस्यता वितरण भइरहेको अनियमितता कसरी रोक्न सकिन्छ भनेर डा. शेखर कोइरालाले परामर्श गर्नुभएको हो,” पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने ।

