काठमाडौँ : विपक्षी गठबन्धनले आज नागरिक समाजसँग अन्तरक्रिया गर्दै छ ।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला विपक्षी गठबन्धनले आफ्नो सक्रियता बढाउने सिलसिलामा आजको छलफलको आयोजना गरेको हो ।
बिहीबार विभिन्न मिडियाका सम्पादक र शनिबार राजनीतिक बिट हेर्ने सञ्चारकर्मीसँग गठबन्धनले अन्तर्क्रिया गरेको थियो।
गठबन्धनका शीर्ष नेताहरूले आज २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा लेखक, नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल गर्दै प्रतिनिधिसभा विघटनबारे उनीहरूको धारणा बुझ्नेछन् । त्यसपछि आफ्ना भनाइ राख्ने तयारी छ ।

