युरो कप २०२०: आइतबार रातीको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो।

पुस्कास एरिना बुडापेस्ट हंगेरीमा भएको उक्त खेलमा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक-एक गोल गरेका थिए।

त्यस्तै, आइतबारै भएको अर्को खेलमा बेल्जियमले पोर्चुगललाई १-० ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।यस हारले डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबारको खेलमा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो खासै चम्कन सकेनन् । पहिलो हाफमा उनले फ्रिकिकको अवसर पाए पनि त्यो निर्णायक हुन सकेन । यसले गर्दा ३६ वर्षीय रोनाल्डोको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाउने सपना पनि अधुरै रह्यो ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *