आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक विपद् उन्मुख गराएको छ। नागरिकलाई सुविधाको नाममा सास्ती मिलेको छ।

०७६र७७ को असार मसान्तभित्रै स्तरोन्नति सक्नुपर्ने सतीघाट दिङ्ला सडक खण्डको ठेक्का सम्झौतामा ढिलाइ भएपछि काम अपुरो बन्यो। १ करोड ८ लाख लागतमा काम सक्ने ठेक्का पाएको काश्यप निर्माण सेवा कम्पनीले असार दोस्रो साताबाट मात्र पर्खाल लगाउने काम थाल्दा काम आधाअधुरोमा रोकियो। विगतमा झैं असार लाग्दा भोजपुर सदरमुकाम र दिङ्ला जोड्ने ३८ किलोमिटर सडकखण्ड फेरि बिग्रिएको छ।

ठेकेदार र ठेकेदार कम्पनीले गुणस्तरीय स्तरोन्नति काम नगर्दा सर्वसाधारण सास्तीमा छन्। किमालुङ, बैदारभञ्ज्याङ, धारापानी हुँदै दिङ्ला बजारसम्म जोडिने उक्त सडकखण्ड वर्षात लागेसँगै हिलाम्मे हुनाले सवारीसाधन ठप्प हुन्छ। असारे झरीमा दिङ्ला कुलुङ सडकखण्डमा केही वर्षअघि लगाएको ग्याबिन भत्काएर ठेकेदार कम्पनीले मेसिनरी वाल लगाउने काम अलपत्र पारेपछि पहिरोका कारण अहिले उक्त सडकखण्ड अवरुद्ध छ। ठेकेदारलाई पर्खाल लगाउने काम गर्न पटक–पटक ताकेता गरे पनि अटेर गर्दा पहिरोको जोखिम बढेको वडा नं ६ का वडाध्यक्ष सुजन राईले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *