लकडाउनको प्रतिबन्ध सहज हुन थालेपछि नेपालमा कोका-कोलाले महामारीबाट पुन: सुचारु हुने क्रममा किराना र शप अनर्सहरुलाई सहयोग गर्ने योजना बनाएको छ । यसमा शप अनर्सहरुको लागि सुरक्षाको लागि पहल पनि समावेश गरिएका छन् ।

यो पहल पछाडिको मूल उद्देश्य भनेको खाद्य र पेय क्षेत्रलाई आफ्नो पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिडपश्चात रिकोभर हुन र फस्टाउन सहयोग गर्नु हो । किराना स्टोरको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका-कोलाले व्हाट्सएपमार्फत द्रुत र सुविधाजनक अडरिङ सेवा सुरु गरेको छ जसले स्वचालित विक्रेता र वितरकलाई जोड्नमा सहयोग पुर्याउनेछ । यसको साथै खुद्रा विक्रेताले व्हाट्सएपको माध्यमबाट वितरकसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउछ र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउँछ । यो प्ल्याटफर्म अरु कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइनेछ ।
नेपालका कोका-कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी भने, ‘गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो हुन गएन । यो पहलले रिटेलर्सहरुलाई उनीहरुको व्यापारलाई छिटो रिकोभर गर्न सहयोग पुर्याउने छ । यसले ग्राहकलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकसँग बहु-डिजिटल विकल्पसहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएका यी पहललाई हामी विस्तारै विस्तार गर्नेछौँ ।’कम्पनीले आफ्नो उत्पादन हरेक चरणमा हाइजेनिकल्ली ह्यान्डल्ड रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कूलर र त्यसमा भएको उत्पादन सफा राख्ने क्लिन अप कार्यक्रमको आयोजना गर्ने छ । यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरलाई समेट्नेछ । कोका-कोलाले हाइजिन र पीपीई किट वितरण गर्ने छ र १००० भन्दा बढी स्टोरमा काउन्टर शिल्डको स्थापना गर्ने छ ।
बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोका-कोलाले इकोनोमिक रिकोभरीलाई सहयोग गर्दै आएको छ र हाम्रा खुद्रा विक्रेतालाई सामान्य नेभिगेट गर्न मद्दत गर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ । हामी साना व्यवसाय र शप अनर्सहरुको साथमा रहदै आएका छौँ र अर्थपूर्ण रुपमा नेपालको वृद्धि गर्न योगदान पुर्याउँदै आएका छौँ ।’ लकडाउनपछि धेरै किराना स्टोरले आफ्नो सामानको होम डेलिभरीको प्रस्ताव गर्दै आएका छन् । कोका-कोलाले सप अनर्सहरुलाई स्टोरको सम्पर्क नम्बर रहेको निजीकृत पोष्टर राख्नेछन् जसले कम्युनिकेशन र अर्डरिङको लागि सहयोग पुर्याउनेछ ।

