आज शेयर बजार परिसूचक नेप्से २७.१७ अंकले बढेको छ। कारोबार रकम ७ अर्ब १६ करोड ७४ लाखमा सीमित भएको छ। आज परिसूचक २८७०.१८ बिन्दुमा पुगेको छ।

२२७ कम्पनीको २ करोड ९ लाख कित्ता शेयर खरीदबिक्री भएकोमा आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ। ११४ कम्पनीको मूल्य घट्यो भने ११ कम्पनीको मूल्य स्थिर छ।
आज बैंकिङ, जलविद्युत्, लगानी, उत्पादन, लघुवित्त, सामूहिक लगानी, अन्य र व्यापार समूहको सूचक बढेको छ।
सेञ्चुरी कमर्शियल बैंक र माथिल्लो तामाकोशीका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन्। त्यस्तै यूनाइटेड मार्दी, रिडी जलविद्युत्, सिभिल बैंक लगायतका लगानीकर्ताले पनि नाफा कमाएका छन्।
केही दिनदेखि घटेको नेप्सेमा आज भने सुधार आएपछि लगानीकर्ता उत्साहीत भएका छन्।

