काठमाडौं : जारी युरो २०२० मा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनल प्रवेश गरेको छ।

आम्सटेरडामस्थित योहान क्रुफ रंगशालामा शनिबार राती भएको अन्तिम १६ को खेलमा वेल्समाथि ४-० को जित हासिल गर्दै डेनमार्क युरो कपको क्वाटरफाइनल प्रवेश गरेको हो ।
डेनमार्कको जितमा कास्पर डोल्बर्गले दुई गोल गरे भने योकिम मेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरेका थिए ।
डोल्बर्गले २७ औँ मिनेटमा पहिलो र दोस्रो हाफ सुरु भएको तीन मिनेटपछि पुन: अर्को गोल गरे।
खेलको ८८ औँ मिनेटमा डेनमार्कका लागि मेलले तेस्रो गोल थपे । चौथो गोल ब्रेथवेटले गरेका थिए ।
अन्तिम आठमा अब डेनमार्कले नेदरल्यान्ड्स र चेक गणतन्त्रबीचको विजेतासँग खेल्नेछ ।

