काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्।

क्रियाशील सदस्यताको विवाद टुंग्याउनका लागि शीर्ष नेताहरुको बैठक बोलाइएको देउवानिकट स्रोतले बतायो। शीर्ष नेताहरुको बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी पार्टी केन्द्र कार्यालय सानेपामा बोलाइएको हो।
क्रियाशील सदस्यका रुपमा सूचीकृत ८ लाखमध्ये करिब ३ लाख सदस्यका बारेमा विवाद छ।
सूचीकृत नामका विरुद्धमा कयौं उजुरी र गुनासा दर्ता भएको समितिले जनाएको छ। प्रदेश २ का ८ जिल्लासहित मोरङ र सुनसरीबाट धेरै उजुरी परेका छन्।
क्रियाशील सदस्यका लागि सूचीकृत सदस्यका विरुद्ध परेका उजुरी टुङ्ग्याउन मापदण्ड बन्ने बताइएको छ।

