काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।

दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यलय सानेपामा बैठक बस्ने तय भएको छ। पार्टी पदाधिकारी, पूर्व पदाधिकारी तथा शिर्ष नेताहरु पनि सहभागि हुने बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।

क्रियाशिल सदस्यताबारे विवाद भएकाले बैठकमा समस्या समाधानबारे छलफल हुने पौडेलको भनाइ छ। महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा इतर पक्षले क्रियाशील सदस्यमा अनियमितता भएको गुनासो गर्दै आएको छ।

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले नवीकरण गरिएका क्रियाशील सदस्यको विवरण संकलन गरे पनि त्यसमा पारदर्शिता नदेखिएको भन्दै संस्थापन इतर समूहले चर्को बिरोध गरेपछि आज छलफलबाट समाधान खोज्न लागिएको हो।

पार्टी सभापतिका आकांक्षीहरु धेरै देखिएपछि यस विषयमा पनि सहमति खोज्ने प्रयास गरिने बरिष्ठ नेता पौडेलले जानकारी दिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *