काठमाडौं : अस्ट्रियालाई पराजित गर्दै इटाली युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ अन्तर्गत शनिबार राती लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समय थपी खेल भएको थियो ।
अतिरिक्त समयमा इटालीलाई जिताउन फेडरिको चिसा र माटियो पेसिनाले एक–एक गोल गरे । अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए।
९५औँ मिनेटमा चिसाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । खेलको १०५औँ मिनेटमा पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए ।
११४औँ मिनेटमा अस्ट्रियाका सासाले सान्त्वना गोल गरे ।
यस जितबाट इटाली क्वार्टरफाइनल प्रवेश गर्ने दोस्रो टिम बनेको छ । यसअघि वेल्सलाई हराउँदै डेनमार्क क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

