युरो कप फुटबलमा शनिबारदेखि नकआउट चरणका खेल सुरु हुँदैछन्।

पहिलो खेल राती ९:४५ बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा पहिलो खेल खेल्दै छन् । समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको वेल्सले समूह ‘बी’ को दोस्रो स्थानबाट अन्तिम १६ मा पुगेको डेनमार्कसँग खेल्न लागेको हो ।
समूह चरणका खेलमा डेनमार्कले रुसलाई र फिनल्यान्डलाई हराएको थियो भने बेल्जियमसँग पराजित भएको थियो । यस्तै वेल्सले स्विजरल्यान्डसँग बराबरी र टर्कीलाई हराएको थियो भने इटलीसँग पराजित भएको थियो ।
यस्तै युरो कपमै राती १२:४५ बजे इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटली र अस्ट्रियाबीच खेल हुँदै छ । इटलीले समूह चरणका तीनवटै खेल जितेको थियो । अस्ट्रियाले नर्थ म्यासेडाेनिया र युक्रेनलाई हराएको थियो भने नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

