काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको बताएका छन्।

शनिबार नयाँबानेश्वरस्थित संसद्‍ भवनमा राजनीतिक बिट हेर्ने पत्रकारसँगको अन्तरक्रियामा बोल्दै नेता नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको बताएका हुन्। नेता नेपालले त्यो अफर आए पनि आफू प्रधानमन्त्री केपी ओलीसँग नमिल्ने उल्लेख गरे।

आफूलाई प्रधानमन्त्रीको अफर गरेर शेरबहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भनेर अफर आएको उनले खुलासा गरेका हुन्। उनले जस्तोसुकै अफर आए पनि विपक्षी गठबन्धन नतोड्ने प्रष्ट पारे। उनले यसो भन्दा आफूलाई पार्टी एकता विरोधी नभन्न अनुरोधसमेत गरेका छन्।

‘माधव नेपाललाई प्रधानमन्त्री पद आइसक्यो’, नेता नेपालले भने, ‘माधव नेपाल धोका दिने मान्छे होइन। जुन किसिमको प्रक्रिया छ, त्यसमा हामी फर्किन सक्दैनौँ।’

नेता नेपालले मन उता शरीर एता नभएको बरु सकारात्मक सम्बन्धमा रहेको बताए। ‘तपाईंहरुले भने जस्तो मन एता शरीर उता होइन’, उनले थपे, ‘मन यता मन सकारात्मक रिलेसनमा छ।’

नेता नेपालले केपी ओलीको तानाशाही कदमविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताए। संविधानको धारा ७६ (५) मा पुगेर ओलीको तानाशाही कदम परास्त गर्न विद्रोही एमाले बनेको उनको भनाइ छ। उनले केपी ओलीलाई लोकतान्त्रिक प्रक्रियाको तानाशाह बनेको आरोप लगाए।

‘संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं’, नेता नेपालले भने, ‘यो एमालेभित्रको विद्रोही आवाज हो। लोकतान्त्रिक प्रक्रियाबाट तानाशाही जन्मिने रहेछ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *