काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका छन्।

पत्रकारहरुसँग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानअनुसार संसद् पुनर्स्थापना हुने र देउवा प्रधानमन्त्री हुने बताए।
‘यो नियम संविधान अनुसार भनेको छु, सेटिङमा भनेको छैन’, उनले भने।
यो पटक आफूहरुले नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको उनको भनाइ छ।
‘यो पटक हामी प्रधानमन्त्री हुन पाए, आफ्नो नेतृत्वमा सरकार बनाउन पाए हुन्थ्यो भन्ने कुराबाट प्रेरित छैनौं’, प्रचण्डले भने, ‘देशलाई वर्वाद बनाउन खोजियो, त्यसको विरुद्ध हाम्रो प्रयास हो।”
पाँच पूर्वप्रधानमन्त्रीको विज्ञप्ति बुझ्नेलाई काफी भएको उनले बताए।

