काठमाण्डाै : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गरेकी छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्काे सिफारिसमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसाे ४ बजे अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

सङ्घीय संसद्अन्तर्गत समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रिय सभाको सातौँ अधिवेशन गएकाे पुस १७ गते प्रारम्भ भइ २६ गते अन्त्य भएको थियो । त्यस अधिवेशनमा चार बैठक बसेकाेमा सात अध्यादेश पेस गरिएको थियो । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *