काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

ठाकुरले पार्टीको आधिकारिकता दाबीका लागि छलफल गर्न आज दिउँसो १ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बैठक बोलाएका हुन् ।

जसपाका दुई अध्यक्षमध्ये उपेन्द्र यादव पक्षले अलग्गै बैठक राखेर ठाकुरमाथि कारवाही गरिसकेको छ । पार्टीको प्रथम अध्यक्ष र २०७७ पुस ७ गतेको बैठकले कार्यकारिणी समितिमा हेरफेर र निर्णय प्रमाणिकरणको अधिकार ठाकुरलाई दिएका कारण आयोगमा सोही आधारमा दाबी प्रस्तुत गर्ने तयारी छ ।

ठाकुरले पुस ७ को बैठकद्वारा प्राप्त अधिकार प्रयोग गरेर कार्यकारिणी समितिमा २० जना सदस्य थप गरेर निर्वाचन आयोगलाई पठाएका थिए । यादव पक्षले भने पुस ७ को बैठकले ठाकुरलाई त्यस्तो अधिकार नदिएको बताएको छ ।

जसपा अध्यक्ष ठाकुरले कार्यकारिणी समिति र विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेपछि आयोगले दिएको १५ दिनको समयभित्र जवाफ पठाउने नेता राजकिशोर यादवले बताए ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *