काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जिम्मेवारी थपेका छन्। हाल कायम रहेको ५ सदस्यीय मन्त्रीमण्डलमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारी बढाएका हुन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नयाँ जिम्मेवारी तोकेकी हुन्। अब एउटै मन्त्रीले ५ मन्त्रालय हाँक्ने भएको छ।

कसलाई कुन मन्त्रालय ?

ओलीले रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन। अर्थ मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेललाई गृह ; उद्योग, वाणिज्य तथा आपूर्ति ; ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई वन तथा वातावरण; युवा तथा खेलकुद ;  श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, वसन्तकुमार नेम्वाङलाई पनि ५ मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनले कृषि तथा पशुपन्छी विकास;खानेपानी; भौतिक पूर्वाधार तथा यातायात; सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय पाएका छन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *