काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित विद्यार्थीहरूले सडक आन्दोलन सुरु गरेका छन्।

नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले नेता माधव नेपाल निकट अनेरास्ववियू लगायत विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै त्यो नसच्चिएसम्म विद्यार्थी आन्दोलन नरोकिने बताए ।
विरोध प्रदर्शनपछिको कोण सभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन विदेशी शक्तिसँग सम्झौता गरिरहेको आरोप लगाए ।
प्रतिनिधि सभा विघटन र ओली नेतृत्व सरकारको विरोध गर्दै अखिल क्रान्तिकारीका
अध्यक्ष रञ्जित तामाङ, माधव नेपाल पक्षीय अखिलका अध्यक्ष सुदेश पराजुली, अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले कोणसभालाई सम्बोधन गरेका थिए।
विद्यार्थीले प्रदर्शनी मार्गको आरआर क्याम्पस अगाडि उभिएर प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए ।

